माओवादी सांसद देवेन्द्र पौडेलको प्रस्ताव- भ्रष्टाचार नियन्त्रण गर्न साझा संकल्प गरौँ
माओवादी सांसद देवेन्द्र पौडेलको प्रस्ताव- भ्रष्टाचार नियन्त्रण गर्न साझा संकल्प गरौँ
    • Bell Sanchar

    • १ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

नेकपा(माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि सबै राजनीतिक दलहरूले साझा संकल्प गर्नुपर्ने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि सबै राजनीतिक दलहरू साझा संकल्पका साथ अगाडि बढ्न जरुरी रहेको बताएका हुन् ।

भ्रष्टाचार सत्तापक्ष र विपक्षको मात्र नभई आम नागरिकको साझा विषय भएकाले यसलाई नियन्त्रण गर्नु साझा दायित्व भएको उनले बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एक-अर्कालाई आरोप प्रत्यारोप नगरी छानबिनलाई निष्कर्षमा पुर्‍याउन सम्बन्धित निकायलाई सबैले सहयोग पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

‘भ्रष्टाचार पक्ष र प्रतिपक्षको विषय होइन । नेपाली नागरिकहरूको साझा विषय हो,’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रणको अभियानमा हामी साझा संकल्पका साथ अगाडि बढ्नु जरुरी छ ।

यसलाई विषयान्तर नगरौँ । भुटानी शरणार्थीको विषय गम्भिरतापूर्वक उठेको छ । निष्कर्षमा पुर्‍याउन सरकारका सम्बन्धित निकायलाई सहयोग पुर्‍याउनु हामी सबैको साझा कर्तव्य र दायित्व हो ।’

साताकाे चर्चित
सम्बन्धित