कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महत , बालकृष्ण खाँणले आफूलाई निर्दोष प्रमाणित गर्छु भन्नुभएको छ
कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महत , बालकृष्ण खाँणले आफूलाई निर्दोष प्रमाणित गर्छु भन्नुभएको छ
    • बेल संचार

    • २ जेष्ठ २०८०, मंगलवार

काठमाडौं ।

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको एक साता भइसकेको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका खाँण पक्राउ परेपछि उनलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा बहस भए पनि कांग्रेसले कुनै निर्णय गरेको छैन ।

उनलाई निलम्बन गर्न पार्टीभित्रैबाट माग भइरहे पनि निलम्बन नगर्नुको कारण कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले बताएका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा. महतले, खाँणले निर्दोष प्रमाणित गर्छु भनिरहेकाले निलम्बन नगरेको बताएका छन् ।

उनले भने, ‘निर्दोष रहेको उहाँले भनिरहेकाले निलम्बनको निर्णय पार्टीले नगरेको हो ।

’ यसबारे अनुसन्धान परिपक्क र स्वतन्त्र हुनुपर्ने बताउँदै महतले त्यसमा कांग्रेसले पनि सहयोग गर्ने बताए ।

गिरोहसँग लेनदेन गरेको आरोप लागेपछि खाँणलाई गत वैशाख २७ गते प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो ।

खाँण पक्राउ परेपछि पार्टी सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग संयुक्त छलफल गरेका थिए ।

सो छलफलमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखेका थिए ।

यसैगरी त्रिचन्द्र क्याम्पसका नेविसंघ कार्यकर्ताहरुले पनि खाँणलाई निलम्बनको माग गर्दै प्रदर्शन गरेका थिए ।

साताकाे चर्चित
सम्बन्धित