रेशम चौधरी क्रान्तिकारी हुन् , अध्यक्ष डा. बाबुराम भट्टराईल
रेशम चौधरी क्रान्तिकारी हुन् , अध्यक्ष डा. बाबुराम भट्टराईल
    • Bell Sanchar

    • ३ जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरी क्रान्तिकारी भएको बताएका छन् ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट–थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एकजना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई रेशम चौधरीले जन्मकैदको सजायँ भोगीरहेका छन् । उच्च अदालत दिपायलले सुनाएको जन्मकैदको सजायँलाई मंगलबार सर्वोच्च अदालतले पनि सदर गरेको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले भने अदालतका न्यायाधीश र क्रान्तिकारीबीच अन्तरविरोध चलिरहने भन्दै रेशमलाई क्रान्तिकारीको संज्ञा दिएका हुन् ।

ट्वीटरमा उनले लेखेका छन्, ‘अदालत र न्यायाधीशले पुराना/विद्यमान कानून, नजीर, सोंच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउँछन् ।

क्रान्तिकारीले पुरानो/विद्यमानसँग विद्रोह गरेर नयाँ/भविष्यमुखी सोंच/मान्यता/विधि स्थापित गर्न खोज्छन् र पुरानाको नजरको ‘अपराध’ गरिरहन्छन् ।

इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ । रेशम चौधरी क्रान्तिकारी हुन् । सलाम ।’

साताकाे चर्चित
सम्बन्धित