सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व किन घट्दो , रेखा शर्मा
सूचना प्रविधिको प्रयोग बढ्दो, तर राजस्व किन घट्दो , रेखा शर्मा
    • बेल संचार

    • ३ जेष्ठ २०८०, बुधबार

 काठमाडौं।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दिनप्रतिदिन दूरसञ्चार क्षेत्रको प्रविधिको प्रयोग विस्तार भइरहे पनि यस क्षेत्रसँग सम्बन्धित राजस्व घट्दै हेको विषयमा गम्भीर छलफल हुनुपर्ने बताएकी छिन् ।

बुधबार विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर बुधबार नेपाल दूरसञ्चार प्राधिकरणले ‘स्पेक्ट्रम म्यानेजमेन्ट’ सम्मेलनमा बोल्‍दै उनले यस्तो बताएकी हुन् ।

‘दिनप्रतिदिन दूरसञ्चार क्षेत्रको प्रविधिको प्रयोग विस्तार भइरहेको छ, तर राजस्व घट्दै आउने देखिएका छ, यसको कहाँनेर समस्या हो ? यसलाई कताबाट हल गर्नुपर्छ भन्ने विषयमा विशेष ध्यान दिन जरुरी छ’, मन्त्री शर्माले भनिन् ।

सूचना प्रविधिमा पहुँच हुने र पहुँच नहुने बीचको खाडल कसरी पुर्ने भन्ने विषयमा मिलेर काम गर्नु जरुरी रहेको जनाउँदै उनले विश्व बजारमा प्रविधि विकासको प्रतिस्पर्धामा उभिनका लागि तयार हुँदै गर्दा अर्कातिर भने यही देशको दूरदराजमा रहेका जनताले राम्रो दूरसञ्चारको सेवा पाइरहेका छैनन् भन्नेतर्फ ध्यान दिनुपर्ने बताइन् ।

साताकाे चर्चित
सम्बन्धित