डा. शेखर कोइराला ,अबका दिनमा हुने जुनसुकै निर्वाचन कांग्रेस एक्लै लड्नुपर्छ
डा. शेखर कोइराला ,अबका दिनमा हुने जुनसुकै निर्वाचन कांग्रेस एक्लै लड्नुपर्छ
    • Bell Sanchar

    • ३ जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अबका दिनमा हुने जुनसुकै निर्वाचन कांग्रेस एक्लै लड्नुपर्ने बताएका छन् ।

अहिलेको निर्वाचन पद्धतिले विकृति बढाएको भन्दै कोइरालाले यसलाई परिवर्तन गरेर समानुपातिक प्रणालीलाई हटाउनुपर्ने धारणा राखे ।

बुधबार प्रजातान्त्रिक बिचार समाजको २५ औं साधारण सभालाई काठमाडौंमा सम्बोधन गर्दै नेता कोइरालाले पछिल्ला दिनहरुमा राजनीतिक दल र नेताहरुप्रति सर्वसाधारणको धारणा नकारात्मक रहेकाले नेताहरु सुध्रिनुपर्ने बताएका छन् ।

कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कुनै बहानामा चोख्याउने काम हुन नहुने पनि बताए ।

‘जुनसुकै दल वा जुन तहका ब्यक्ति भए पनि कानुन बमोजिम कारबाही हुनैपर्छ’ उनले भने ।

साताकाे चर्चित
सम्बन्धित