सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका जनसंगठनहरूले भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्दै
सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका जनसंगठनहरूले भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्दै
    • बेल संचार

    • ४ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका जनसंगठनहरूले भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्दैछन्।

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई हदैसम्मको कारबाही गर्न र सबैखाले भ्रष्टाचार अन्त्यका लागि सडक प्रदर्शन गर्न लागिएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए।

‘यत्रो परिवर्तनका लागि संघर्ष भयो। बलिदानीपूर्ण आन्दोलन भयो तर माथिल्लो तहमा पुगेका नेताहरू भ्रष्टाचारमा लिप्त भए।

प्रशासन संयन्त्रमा त्यही रोग देखापर्‍यो,’ पराजुलीले सेतोपाटीसँग भने, ‘त्यसैकाविरूद्ध आन्दोलित भएका हौं।’

एकीकृत समाजवादी सम्बद्ध सबै जनसंगठनहरू दिउँसो ३ बजे माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए।

साताकाे चर्चित
सम्बन्धित