प्रधानमन्त्री दाहाल , सरकारले राजस्व छली र पूँजीबजार सम्बन्धी ठूलठूला सेटिङ भत्काउन सुरु गरिसक्यो
प्रधानमन्त्री दाहाल , सरकारले राजस्व छली र पूँजीबजार सम्बन्धी ठूलठूला सेटिङ भत्काउन सुरु गरिसक्यो
    • Bell Sanchar

    • ४ जेष्ठ २०८०, बिहीबार

काठमडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूँजीबजारसँग सम्बन्धित ठूलठूला सेटिङलाई भत्काउने कार्य सरकारले सुरु गरिसकेको बताएका छन् ।

संसदमा बिहीबार भएको प्रश्न उत्तरमा  प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार र सेटिङका कुनै पनि घटनालाई नछोड्ने बताए ।

‘नक्कली भुटानी शरणनार्थीको इस्यू मात्रै होइन । सरकारले अन्य विगतका तमामा विवादमा रहेका सबै घटनाको छानबिन, सम्पत्ति शुद्धीकरण ठूलाठूला घटनाको छानबिन गरी कारवाही गर्छौं,’ उनले भने, ‘राजस्वमा भएका ठूलठूला चलखेलको छानबिन गर्छौं । त्यसका लागि आवश्यक परेर ऐन संशोधन र निमार्ण गर्न जरुरी छ ।

’देश आर्थिक, राजनीतिक र सांस्कृति रुपले गम्भीर अप्ठेरो स्थितिबाट गुज्रिनुपरेको र त्यसको प्रमुख कारण संस्थागत भ्रष्टाचार नै भएको पनि उनले दाबी गरे ।

‘चौतर्फी भ्रष्टाचारले देश निकै असहज ठाउँमा जान लागेकोले अहिले हामीले आफूलाई सच्याउने अवसर छ । भ्रष्टाचार विकृति र विसंगतिको विरुद्ध नयाँ अभियान थालौं।’

साताकाे चर्चित
सम्बन्धित