ह्वावेले एसिया प्रशान्तका साझेदारहरुका लागि सम्मेलन आयोजना
ह्वावेले एसिया प्रशान्तका साझेदारहरुका लागि सम्मेलन आयोजना
    • Bell Sanchar

    • ४ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

ह्वावेले एसिया प्रशान्तका साझेदारहरुका लागि सम्मेलन आयोजना गरेको छ ।

दश देशका १ हजार २०० भन्दा बढी साझेदारहरुको सहभागिता रहेको सो कार्यक्रमको मुख्य उद्देश्य एसिया प्रशान्तमा प्रविधिको वृद्धि र विकास रहेको थियो ।

यस एसिया-प्रशान्तलाई लामो समयदेखि विश्वव्यापी आर्थिक वृद्धिको केन्द्र मानिंदै आएकोमा विश्वव्यापी डिजिटल अर्थतन्त्रमा सबैभन्दा सक्रिय क्षेत्रहरू मध्ये एक एसिया-प्रशान्त डिजिटलीकरण र नवप्रवर्तनमा पनि अग्रणी रहेको छ । एसिया-प्रशान्तमा मात्रै ७ हजार ९०० भन्दा बढी उद्यम साझेदारहरू र २ हजारभन्दा बढी क्लाउड साझेदारहरूलाई विभिन्न प्रोत्साहन प्याकेजहरुका साथै लगानीमा वृद्धि गरेर आफ्नो साझेदार सञ्जाललाई सुदृढ र सबल बनाउन ह्वावे प्रतिवद्ध रहेको जनाएको छ ।

नयाँ साझेदार कार्यक्रमहरुले ग्राहकहरुलाई प्रविधि अझै किफायती हुने, डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने र डिजिटल उत्पादकत्वमा वृद्धि ल्याउने विश्वास कम्पनीले लिएको छ।

कार्यक्रमको उद्घाटन समारोहमा ह्वावेले एसिया प्रशान्तका लागि ६ नयाँ सहकार्य योजनाहरु सार्वजनिक गरेको छ ।

यस कार्यक्रमले क्रमश: सरकार, वित्त, विद्युत, सडक, जलमार्ग र बन्दरगाह प्रत्येक लागि एक योजना साथै स्वतन्त्र सफ्टवेयर बिक्रेता (आईएसभी) र डाटा केन्द्र सुविधा समाधानका क्षेत्रहरूका लागि पनि प्याकेज ल्याएको छ । नयाँ सहकार्य योजनालाई अनुमोदन गरी औद्योगिक डिजिटल रुपान्तरणमा सम्पूर्ण साझेदारहरुले ह्वावेलाई साथ दिने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा ह्वावेका कार्यकारी निर्देशक, आईसीटी पूर्वाधार प्रबन्धन बोर्डका अध्यक्ष र इन्टरप्राइज बीजीका अध्यक्ष डेभिड वाङले “डिजिटल र बौद्धिक रूपान्तरणले विश्वभर फैलिने लहरहरू सिर्जना गरिरहेको, एक ट्रिलियन अमेरिकी डलरभन्दा बढीको बजार स्थान सिर्जना गर्ने सम्भावना बोकेको बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित