नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध प्रदर्शन
    • Bell Sanchar

    • ४ जेष्ठ २०८०, बिहीबार

काठमाडौं ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्नेहरूमाथि छानबिन गरी कारबाही गर्न नेकपा एकीकृत समाजवादीले माग गरेको छ।

बिहीबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गर्दै एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूमाथि कडा कारबाही गर्न माग गरेका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलगायतलाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ।

साताकाे चर्चित
सम्बन्धित