जुम्लामा रोपाई सुरु : मार्सी धान लोप हुँदै, बिकासे धान लोकपृिय बन्दै
जुम्लामा रोपाई सुरु : मार्सी धान लोप हुँदै, बिकासे धान लोकपृिय बन्दै
    • उमेश बुढा

    • ४ जेष्ठ २०८०, बिहीबार

जुम्ला ।

जुम्लामा रोपाई सुरु भएको छ । मार्सी धान लोप हुँदै गएको देखिन्छ । बिकासे धान लोकपृिय बन्दै आएको छ ।

धेरै पहिलेबाट जुम्लामा जेठको महिनाबाट धान रोपाई सुरु हुँदै आएको बुडापाकाहरु बताउछन् ।

मार्सी धानलाई पहिले पहिले जुम्लि धान भनेर चिन्ने गरिन्थ्यो, अहिले आएर मार्सी धान भन्ने प्रचलन रहेको कृषक नवराज शर्मा बताउछन् ।

जुम्लाको मार्सी धानले विगत ४० वर्ष अगाडि स्थान र मुल्य पाएको थिएन । त्यतिखेर जुम्लामै कृषकले धेरै उत्पादन गर्ने गर्थ्ये । अन्य कुनै पनि धान जुम्लामा खेती गर्ने गरेका थिएनन् । जब मार्सीधानले स्वदेश र विदेशमा मार्केट पायो तब जुम्लाका कृषमले उत्पादन गर्न छोडेको शर्माले बताए ।

जुम्लामा मार्सीधान लोप हुनुको मुख्य कारण बिकासेधान बराबर उत्पादनमा कमी हुनु, बिकासेधान बोटबाट नझर्ने फाइदा हुने गर्दा कृषकहरुले बिकासे धानलाई वर्तमान समयमा बढी खेति गर्ने गरेको पाइन्छ ।

१५ वर्ष यताबाट जुम्लामा अन्यक थरिका धान रोप्ने गरेको पाइन्छ । जेठ महिनाको पहिलो साताबाट रोपाई सुरु भएर असारको दोस्रो सातासम्म रोप्ने काम सकिन्छ । प्रत्येक वर्षको दशै अगाडि धान कृषकहरुले भित्र्याउने गर्छन् ।

साताकाे चर्चित
सम्बन्धित