आज संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्दै ,राष्ट्रपति रामचन्द्र पौडेल
आज संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्दै ,राष्ट्रपति रामचन्द्र पौडेल
    • बेल संचार

    • ५ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्दैछन् ।​​

संघीय संसद सचिवालयका अनुसार आज ४ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लागेका हुन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलोपटक संसदमा सम्बोधन गर्न लागेका हुन् । राष्ट्रपति संसदमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

राष्ट्रपति अस्वस्थ भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम पढ्ने चर्चा भए पनि राष्ट्रपति पौडेलले नै कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले चर्चामा आएजस्तो प्रधानमन्त्रीले नीति कार्यक्रम प्रस्तुत नगर्ने जानकारी दिए।

‘अभ्यास नै राष्ट्रपतिले नीति कार्यक्रम संसदमा प्रस्तुत गर्ने छ । त्यसैले आज संसदमा राष्ट्रपतिज्यूले नै पूरै कार्यक्रम आफैं प्रस्तुत गर्नुहुन्छ ।

राष्ट्रपतिले विषय प्रवेश गराएर प्रधानमन्त्रीले कार्यक्रम प्रस्तुत गर्ने भन्ने हल्लामात्रै हो’ कार्कीले  भने,

‘ शुक्रवार नीति कार्यक्रम प्रस्तुत भएपछि आइतवारदेखि यसमाथि निरन्तर छलफल हुनेछ ।

संसदमा छलफल भएपछि जेठ १५ गते आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक हुनेछ ।

साताकाे चर्चित
सम्बन्धित