अब ट्वीटरमा दुई घण्टासम्मको भिडियो अपलोड गर्न पाइने
अब ट्वीटरमा दुई घण्टासम्मको भिडियो अपलोड गर्न पाइने
    • Bell Sanchar

    • ५ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं ।

अब ट्वीटरमा दुई घण्टासम्मको भिडियो अपलोड गर्न पाइने भएको छ । ट्वीटरका मालिक इलन मस्कले यसबारे जानकारी  दिएका हुन् ।

तर, ट्वीटर ब्लू भिरिफाइट प्रयोगकर्ताले मात्रै यो सुविधा पाउनेछन् ।

ट्वीटर ब्लू भिरिफाइट प्रयोगकर्ताले दुई घण्टाको भिडियो क्लिपहरू अपलोड गर्न पाउने मस्कले बताएका छन्।

ट्वीटर ब्लू भिरिफाइट नभएका प्रयोगकर्ताले यो सुविधा पाउने छैनन् ।

उनीहरूले हाल दुई मिनेट २० सेकेण्डको भिडिओ अपलोड गर्न पाउँछन् ।

साताकाे चर्चित
सम्बन्धित