देशका निम्ति, राष्ट्रका निम्ति सरकारले जोड दिएर काम गर्नुपर्ने ,सांसद शर्मा
देशका निम्ति, राष्ट्रका निम्ति सरकारले जोड दिएर काम गर्नुपर्ने ,सांसद शर्मा
    • Bell Sanchar

    • ५ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं ।

सत्तारुढ माओवादी केन्द्रका सांसद जग प्रसाद शर्माले पुँजीगत खर्च पचास प्रतिशत पनि नहुनुले मुलुकको समृद्धी र सुशासनमा समस्या सिर्जना गरेको बताएका छन्।

राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै शर्माले चालु खर्च सतप्रतिशत हुनु र पुँजीगत खर्च पचास प्रतिशत पनि नपुग्नुले समृद्धिको लक्ष्य पूरा नहुने बताएका हुन्।

‘साधारण खर्च सयमा सय प्रतिशत खर्च हुने तर पूँजीगत खर्च ५० प्रतिशत पनि बडो मुस्किलले पुग्ने स्थिति समृद्धि र सुशासनका निम्ति समस्या हो,’ उनले भने।

सांसद शर्माले देशका निम्ति, राष्ट्रका निम्ति सरकारले जोड दिएर काम गर्नुपर्ने पनि बताए।

उनले मुलुकको सुशासनका लागि पूँजीगत खर्च समयमै हुने गरी आवश्यक कानुन बनाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

शर्माले निर्वाचन प्रणालीले सबै राजनीतिक दलहरुमा विकृति र विसंगति भित्र्याएको उल्लेख गर्दै त्यसलाई संशोधन गरेर अघि बढन पनि सबै राजनीतिक दलहरु अग्रसर हुनुपर्ने बताए।

त्यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाई दृढतापूर्वक अघि बढ्न पनि उनले सरकारलाई आग्रह गरेका छन्।

सो प्रकरणमा सरकारले उठाएको कदम स्वागतयोग्य रहेको बताउँदै उनले त्यसलाई दृढतापूर्वक अघि बढाउनुपर्ने बताए।

साताकाे चर्चित
सम्बन्धित