पूर्वराष्ट्रपति बाराक ओबामासहित ५०० अमेरिकीलाई रुसले लगायो प्रतिबन्ध
पूर्वराष्ट्रपति बाराक ओबामासहित ५०० अमेरिकीलाई रुसले लगायो प्रतिबन्ध
    • Bell Sanchar

    • ७ जेष्ठ २०८०, आईतवार

काठमाडौं ।

रुसले अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामासहित पाँच सय जनालाई प्रतिबन्ध लगाएको छ ।

रुसले ओबामासहित अमेरिकी सांसद, पत्रकार र थिंक ट्यांकका सदस्यलाई प्रतिबन्ध लगाएको हो ।

यसअघि अमेरिकाले रुसका कम्पनी र व्यक्तिहरुलाई प्रतिबन्ध लगाएको थियो ।

त्यसकै जवाफस्वरुप रुसले ओबामालगायतलाई प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

रुसले प्रतिबन्ध लगाएकाहरुमा अमेरिकी एक्जीक्युटिभ ब्रान्चका सदस्यहरु छन् । यसैगरी रुसले अमेरिकी पत्रकारहरुलाई पनि प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धमा पर्नेमा सीएनएनका एंकर एरिन बर्नेट लगायत छन् ।

रुसविरुद्ध भ्रामक प्रचार प्रसार गरेकाले उनीहरुलाई कालोसूचीमा राखेर रुस प्रवेशमा प्रतिबन्ध लगाएको रुसी अधिकारीहरुले बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित