विद्युतीय सवारी दर्ता नअड्काउन गगन थापाको माग
विद्युतीय सवारी दर्ता नअड्काउन गगन थापाको माग
    • Bell Sanchar

    • ७ जेष्ठ २०८०, आईतवार

काठमाडौं ।

नेपाली कांग्रेसका सांसद गगन थापाले विद्युतीय सवारी साधन दर्ता गर्ने प्रक्रिया शुरू भए पनि फेरि अड्काउने काम भएको बताएका छन् ।

आइतवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै थापाले पहिले कानुनले अड्काउने र कानुन बनेपछि ‘किन ढिलो दर्ता गरिस् जरिवाना तिनुपर्छ’ भनेर सरकारको कमजोरीको भारी उद्योगी र उपभोक्तालाई भिराइएको आरोप लगाएका हुन् ।

स्वदेशी उत्पादन किन्छु, उपभोग गर्छु भन्ने उपभोक्तासँग पनि जोडिएकोले सरकारले आफ्नै नीतिको लाज ढाक्नुपर्ने उनको भनाइ छ ।

असल नियतले व्यवसायी उत्पादनमा जोडिन खोज्दा सरकारले सहजीकरण गर्नुपर्ने उनले बताए ।

साताकाे चर्चित
सम्बन्धित