काठमाडौं ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण कार्यदिशाबाट सामाजिक र आर्थिक क्रान्ति आवश्यक रहेको बताएका छन् ।
आइतवार प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको साधारणसभा उद्घाटन गर्न गोरखा आइपुगेका श्रेष्ठले सरकार, सदन र सडक तीनवटै मोर्चाको सदुपयोग गर्दै सुशासन, समृद्धि र समाजवादमा पुग्ने विश्वास व्यक्त गरे ।
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले पार्टीभित्र गुट बनाउनु अपराध भएको बताए ।
उनले माओवादी केन्द्र बृहत् वाम समाजवादी एकताको पक्षमा रहेको बताए ।
‘एउटा शक्तिशाली पार्टी निर्माणको अभियानमा छौँ,’ उनले भने, ‘छिट्टै एकीकृत, क्रान्तिकारी शक्ति निर्माण गर्छौं ।’
जोसुकै भए पनि भ्रष्टाचारीलाई नछाड्ने उनले दोहोर्याए ।
अनुसन्धानका क्रममा आफ्नै पार्टीका नेता-कार्यकर्ता दोषी देखिए पनि कारवाही गरिने प्रतिबद्धता जनाए ।