काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले प्रस्तुत गरेको वार्षिक नीति कार्यक्रमले एक वर्षको समयमात्रै बर्बाद पार्न खोजेको भन्दै फिर्ता लिन आग्रह गरेका छन् ।
सरकार सबै मोर्चामा असफल भएको भन्दै उनले समयमात्रै बर्बाद पार्ने नीति कार्यक्रमको पछाडि नलाग्न आग्रह गरेका हुन् ।
‘यस कार्यक्रमले एक वर्षको समय बर्बाद गर्छ । यसकारण यसलाई समर्थन नगर्न आग्रह गर्छु । पारित गर्न सकिँदैन ।
योग्य पनि छैन,’ उनले भने, ‘देशलाई अगाडि बढाउने सोच नै नराखेको पोथासँग छलफल गरेर अगाडि जाने वातावरण छैन ।
यसकारण यसलाई प्रधानमन्त्रीले फिर्ता लिनुपर्छ । अर्को बनाउनुपर्छ ।
यही कार्यक्रम पारित गर्ने हो भने नेपाली कांग्रेस जान्छ ? कांग्रेसलाई ५–७ वटा मन्त्री भए पुग्ने हो ? देशप्रतिको उत्तरदायित्व तपार्ईरूलाई छैन ?’
यसैले कसैले पनि यसलाई पारित नगरी छक्का हानेर पठाउनुपर्ने उनले टिप्पणी गरे ।
‘सबै दलदेखि स्वतन्त्र सांसदलाई पनि मेरो आग्रह छ । यसलाई कसैले पनि पास गर्न हुँदैन’ ओलीले भने, ‘समर्थन फिर्ता लिनुस् नभए छक्का हानेर यसलाई पठाउनुपर्छ ।’