सोविता गौतम , विद्युतीय सवारी प्रयोगलाई बढाउनुपर्छ
सोविता गौतम , विद्युतीय सवारी प्रयोगलाई बढाउनुपर्छ
    • Bell Sanchar

    • ७ जेष्ठ २०८०, आईतवार

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिने वातावरण बनाउन माग गरेकी छिन् ।

सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले विद्युतीय सवारीका लागि देशका धेरै ठाउँमा चार्जिङ स्टेसन निर्माण गर्न माग गरेकी हुन् ।

यस्ता स्टेसन राजमार्गको निश्चित दूरीमा, होटल तथा रेष्टुरेण्ट र पार्किङस्थलमा थप्न पनि उनले माग गरेकी छिन् ।

साताकाे चर्चित
सम्बन्धित