काठमाडौं।
कम भन्सार मूल्यमा विदेशी बस्तु आयात हुँदा नेपाली उद्योगहरू मरमा परेका छन्। नेपाली उद्योगहरूले उत्पादन गरेका बस्तुहरूले चोरी पैठारी भएर आएका विदेशी बस्तुसँग स्थानीय बजारमा प्रतिस्पर्धा गर्दा उद्योगहरू नै बन्द हुने अवस्थामा पुगेका छन्।
नवलपुरको गैँडाकोटमा पाँच वर्षअघि स्थापित एग्रो टेक इन्डस्ट्रिज प्रालिले भन्सार छलेर आउने विदेशी बस्तुहरुसँग स्थानीय बजारमा प्रतिस्पर्धा गर्नै समस्या भएको भन्दै अर्थ मन्त्रालयलाई पत्र नै लेखेको छ।
उद्योगका सञ्चालक दीपक प्रसाद न्यौपानेले स्थानीय श्रोतसाधन र स्वदेशी कच्चापदार्थमा आधारित नेपाली उद्योगलाई आत्मनिर्भर बनाउन भन्सार व्यवस्थापनलाई थप व्यवस्थित बनाई भन्सार दर वृद्धि गर्न माग गरेका छन्।
पत्रमा नेपाली उद्योगहरूको प्रर्वद्धनको गर्न तुथपिक, ससेज सिन्का, धूपको सिन्का, कोइला, विदेशबाट आउने च्याउ तथा क्यान मसरुम साथै कृषिजन्य फ्रोजन९ग्रिजपिज, फ्रेन्चफ्राईज, सुइटकन, बासफिस० जस्ता तयारी वस्तुहरूको आयातमा प्रतिबन्ध लगाई स्थानीय उद्योगहरुको प्रर्वद्धन गर्ने विषयलाई आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममार्फत नीतिगत ब्यवस्था गर्न माग गरिएको छ।
अर्थ मन्त्रालयलाई लेखिएको पत्रमा त्यस्ता बस्तुहरुको आयातमा तत्कालै पूणर् पतिबन्ध नलगाए उद्योगहरु बन्द हुने अवस्थामा पुगेको समेत उल्लेख गरिएको छ ।
पत्रमा भनिएको छ,‘हाल छिमेकी दे्शहरुबाट एकदमै कम भन्सार दरमा तथा चोरी पैठारी समेत भईरहेको हुँदा यस प्रकारको बस्तुको स्थानीय बजारमा भइरहेको न्यून बिक्री मूल्यका सामानहरुसँग प्रतिस्पर्धा गर्नुपरेको हुँदा उद्योग सञ्चालनमा अवरोध श्रृजना भएको छ। यस प्रकारका उद्योगहरू विगतमा यही कारणबाट बन्द गर्नुपरेको अवगत गराउन चाहन्छौं।’
उद्योगले अहिले स्वदेशी बाँसबाट तुथपिक, ससेस सिन्का, धूपको सिन्का, कोईला, स्वदेशी कच्चा पदार्थबाट अर्गानिक राजा च्याउ तथा अन्य प्रजातिका च्याउ समेत उत्पादन गरिरहेको छ।ु
निकट भविष्यमै एक हजार रोजगारी सृजना गर्ने लक्ष्य लिएको उद्योगले अहिले एक सय जनालाई स्थानीय स्तरमै रोजगारी दिइरहेको छ।
तर, सोही प्रकृतिका सामानहरू छिमेकी मुलुकबाट आयात हुँदा स्थानीय उत्पादन नै प्रतिस्पर्धाको अवस्थामा पुगेपछि केन्द्र सरकार गुहारिएको हो।