छोएर रोग निको पार्ने दाबी गर्ने सिमान्त गुरू एकै भएको टिप्पणी , शंकर पोखरेल
छोएर रोग निको पार्ने दाबी गर्ने सिमान्त गुरू एकै भएको टिप्पणी , शंकर पोखरेल
    • Bell Sanchar

    • ८ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘पपुलिस्ट’ कुरा गरेर राजनीति गर्ने र छोएर रोग निको पार्ने दाबी गर्ने सिमान्त गुरू एकै भएको टिप्पणी गरेका छन्।

खासगरी उनले यो राष्ट्रिय स्वतन्त्र पार्टीलाई इंगित गरेका हुन्।

एमालेले संसदमा छलफल भइरहेको नीति तथा कार्यक्रमलाई गतिविहीन दस्तावेज बताउँदै खारेज या पुनःलेखन गर्न भनेको छ।

यसमा रास्वपालगायत विपक्षी दलको खासै समर्थन नपाएपछि महासचिव पोखरेलले कटाक्ष गरेका हुन्।

उनले पुरानो होइन नयाँ भनेर नीतिविहीन, उद्देश्यविहीन पपुलिस्ट राजनीति गर्नेहरूले ठीक र बेठीक छुट्टयाउने द्वन्द्वात्मक चेतनावाट समाजलाई विमुख बनाएको आरोप लगाएका हुन्।

‘कहाँ चुकेको छ सरकार? नीति तथा कार्यक्रमले के कुरालाई सम्बोधन गर्नु पर्थ्यो भन्ने कुरामा विपक्षी दलका नेताले तथ्यगत रूपमा आफूलाई प्रस्तुत गर्दा पनि गफ ठान्ने जमातले नबोलिकन राष्ट्रलाई डुवाउने देउवा र खुलेआम लुट मच्चाएर शान्ति प्रक्रियाको दुहाइ दिने प्रचण्डको पैरवी गर्नु कुनै अनौठो कुरा होइन,’ उनले आरोप लगाएका छन्।

उनले उद्देश्यविहीन पपुलिस्ट कुरा गर्नेहरू र छोएरै उपचार गर्छु भनेर भिड जम्मा गर्ने सिमान्त गुरूमा के अन्तर भयो र ? भन्दै टिप्पणी गरेका छन्।

पोखरेलले भनेका छन्, ‘दुवैथरी जनताको निरासको लाभ लिन खोजिरहेका छन्।’

यस्तो अवस्थामा सत्यलाई स्थापित गर्न कठिन भयो भनेर सत्यको मार्ग छोड्नु नहुने उनको भनाइ छ।

साताकाे चर्चित
सम्बन्धित