लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा डा. बुद्धबहादुर थापालाई नियुक्त
लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा डा. बुद्धबहादुर थापालाई नियुक्त
    • Bell Sanchar

    • ८ जेष्ठ २०८०, सोमबार

लुम्बिनी प्रदेशको मुख्य न्यायाधिवक्तामा डा. बुद्धबहादुर थापालाई नियुक्त भएका छन् ।

तत्कालीन मुख्यमन्त्री लिला गिरीले नियुक्त गरेका खुमकान्त पौडेलले राजीनामा दिएपछि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमवार डा. थापालाई न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

थापा प्रजातान्त्रिक प्राध्यापक संघका निर्वतमान केन्द्रीय अध्यक्ष हुन् ।

वरिष्ठ अधिवक्तासमेत थापा बुटवल उपमहानगरपालिका ९ निवासी हुन् ।

उनले बुटवल बहुमुखी क्याम्पसमा लामो समय राजनीतिशास्त्र अध्यापन गराएका थिए ।

राजनीतिशास्त्रमा विद्यावारिधि गरेका थापाले कानुनमा स्नातक गरेका छन् । थापालाई सोमबार नै शपथ ग्रहण गराउने तयारी छ ।

साताकाे चर्चित
सम्बन्धित