राप्रपाकी सांसद लामाले भनिन्– सरकारको नीति तथा कार्यक्रम गाउँपालिकाको उपाध्यक्ष हुँदा मैले ल्याएकोजस्तो
राप्रपाकी सांसद लामाले भनिन्– सरकारको नीति तथा कार्यक्रम गाउँपालिकाको उपाध्यक्ष हुँदा मैले ल्याएकोजस्तो
    • बेल संचार

    • ८ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले सरकारको नीति तथा कार्यक्रम आफू गाउँपालिकाको उपाध्यक्ष हुँदा ल्याएको नीति तथा कार्यक्रमको कपि भएको बताएकी छन्।

सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै लामाले आफूले ०७४÷०७५ मा गाउँपालिकाको उपाध्यक्ष हुँदा ल्याएको नीति तथा कार्यक्रम अहिले सरकारले हुबहु कपि देखिएको बताएकी हुन्।

‘बुँदाहरू हेर्दा ६ वर्षअगाडि गाउँपालिकामा मैले प्रस्तुत गरेकोे नीति तथा कार्यक्रमको हुबहु कपिपेस्ट जस्तो देखेँ,’ उनले भनिन्।

लामा ०७४ को स्थानीय निर्वाचनमा धादिङको रूवीभ्याली गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएकी थिइन्। उनी यसपालि राप्रपाबाट समानुपातिक सा‌सद बनेकी थिइन्।

संसदमा बोल्दै लामाले हिमाली क्षेत्रलाई नीति तथा कार्यक्रममा समेट्न नसक्नु दुःखदायी रहेको बताइन्।

‘विश्वमा पाइने धेरै रत्नपत्थरमध्ये ८ थरीका पत्थरहरू पाइने । अन्तर्राष्ट्रिय बजारमा पठाइने तर अहिले यसबारे राज्यको नीतिमा समावेश किन गर्न नसकिएको ?,’ उनले प्रश्न गरिन्।

रूवीभ्यालीमा पत्थर मात्रै उत्खनन् गर्ने हो भने लाखौं युवाहरू विदेश जानुपर्ने अवस्था  न्यूनिकरण हुने उनको भनाई छ।

‘राज्यको नजर यस्ता महत्वपूर्ण ठाउँमा पुग्न किन सक्दैन?,’ उनले भनिन्, किनकी राज्यलाई खाली मागेर खाने बानी परेको छ।

स्रोत पहिचान गरी नेपाललाई बेरोजगारमुक्त होइन लोन माथि लोन मागेर राज्यलाई भिखारी बनाउन राज्य तत्पर देखिन्छ।’

साताकाे चर्चित
सम्बन्धित