नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय
नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय
    • Bell Sanchar

    • ९ जेष्ठ २०८०, मंगलवार

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

मुख्यमन्त्री सरोज कुमार यादवले कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादीले सरकार छाड्ने निर्णय गरेको हो ।

माओवादी केन्द्र संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने निर्णय गरेको एक नेताले जानकारी दिए ।

मन्त्रालय भागबण्डाका लागि हिजो बसेको दलहरुको बैठकमा माओवादीले दुईवटा मन्त्रालयमा दाबी गरेको थियो । तर बैठकमा सहमति जुटेको थिएन ।

साताकाे चर्चित
सम्बन्धित