प्रधानमन्त्री दाहाल , चिनियाँ राजदूतले नै चीन भ्रमण अलि पछि गरौं भनेका हुन्
प्रधानमन्त्री दाहाल , चिनियाँ राजदूतले नै चीन भ्रमण अलि पछि गरौं भनेका हुन्
    • बेल संचार

    • ९ जेष्ठ २०८०, मंगलवार

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनमा भएको बोवाओ फोरममा नजाने भनेर नेपालले निर्णय नगरेको बताएका छन् ।

राष्ट्रियसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले बोवाओ फोरमको निम्तो आएको बताए ।

तर नेपाल सरकारले नजाने भनेर निर्णय नगरेको प्रष्टीकरण दिए ।

उनले भने, ‘यहाँको राष्ट्रपति, उपराष्ट्रपति चुनावको दबाव, यहाँ गठबन्धन बन्ने र भत्किने प्रक्रिया देखेपछि सरकारको अफ्यारोलाई बुझेर चिनियाँ राजदूतले नै तपाईं बोवाओ फोरममा जान सम्भव देखिराखेका छैनौं हामीले ।

अलि पछि गरौं कि क्या हो चीन भ्रमण भनेपछि मैले उहाँलाई तपाईले यहाँको मर्का बुझिदिनुभयो, धन्यवाद भनेको मात्र हो ।’

प्रधानमन्त्रीले पहिले भारत भ्रमण गर्ने वा चीन भन्ने कुनै संवैधानिक र कानुनी बाध्यता नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले समय र परिस्थिति अनुसार सरकारले निर्णय गर्ने बताए ।

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा पहिले चीन भ्रमण गरेको भन्द्रै प्रचण्डले भूगोल, अर्थतन्त्र, खुला सीमाना, जनसम्बन्धको महत्व आदि कारणले भारतसँग विशिष्ट सम्बन्ध रहेको पनि बताए ।

साताकाे चर्चित
सम्बन्धित