पेपरलेस ब्युरोक्रेसीलाई कार्यान्वयन गर्न रास्वपा सांसद श्रेष्ठको माग
पेपरलेस ब्युरोक्रेसीलाई कार्यान्वयन गर्न रास्वपा सांसद श्रेष्ठको माग
    • Bell Sanchar

    • १० जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारी कार्यलय र स्थानीय तहमा डिजिटलाइजेसन र पेपरलेस ब्यूरोक्रेसीलाई कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै श्रेष्ठले सरकारी कार्यालय र स्थानीय तहमा व्याप्त भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका निम्ति तत्कालका लागि कम्तिमा दर्ता र चलानी नम्बर मात्रै डिजिटल गर्न आवश्यक रहेको बताएका  हुन्।

‘धेरै वटा कार्यालयको सुक्ष्म अध्ययन गरियो भने नियतवश नै दर्ता र चलानी नम्बर छोड्ने वा केरमेट गर्ने गरेको भेटिन्छ र त्यही खाली छोडिएको म्याद सकिएपछि रातारात कागजपत्र मिलाएर पुरानो मितिमा दर्ता चलानी नम्बर कागजगपत्र हेरफेर गरिन्छ,’ उनले भने।

इच्छाशक्ति भए सरकारले छोटो समयमा पनि यो व्यवस्था गर्न सक्छ र यसले सरकारी  कार्यालयहरूमा सुशासन प्रवर्द्धनमा सहयोग पुग्ने श्रेष्ठले बताए।

साताकाे चर्चित
सम्बन्धित