गोकर्ण विष्ट , राजनीतिमा दलाल, माफिया र भ्रष्टाचारीको बाहुल्य हुने अवस्था देखापर्‍यो
गोकर्ण विष्ट , राजनीतिमा दलाल, माफिया र भ्रष्टाचारीको बाहुल्य हुने अवस्था देखापर्‍यो
    • Bell Sanchar

    • १० जेष्ठ २०८०, बुधबार

काठमाडौं ।

नेकपा एमालेका सांसद गोकर्ण विष्टले निर्वाचन ऐन संशोधन गर्ने सरकारको घोषणाको स्वागत गरेका छन् ।

निर्वाचन ऐन संशोधन गर्दा चार वटा विषय सम्बोधन गर्न उनको सुझाव छ ।

सबै भन्दा पहिले महँगो निर्वाचन प्रणालीको विषयलाई ख्याल गरिनुपर्ने उनको राय छ ।

‘महंगो निर्वाचन प्रणालीको कारणले गर्दा राजनीतिमा असल, इमानदार र गरिब सामान्य अवस्थका मानसहरु आउने लगभग बन्द भएको छ’, उनी भन्छन्, ‘राजनीतिमा एक प्रकारले दलाल, माफिया र भ्रष्टाचारीहरुको बाहुल्य बढ्ने अवस्था देखा पर्‍यो।’

यसको अन्त्य गरेर साधारण मानिसहरु समेत राजनीतिमा आउने अवस्था ल्याउन जरुरी रहेको उल्लेख गर्दै उनले यस अनुसार निर्वाचन ऐन संशोधन गर्न सुझाव दिएका छन् ।

दोस्रोमा उम्मेदवार छनोट सम्बन्धी मापदण्ड बनाइनुपर्ने उनको माग छ । ‘उम्मेदवार छनोट गर्दा सम्बन्धित पार्टी कमिटीले बहुमतले गरेको निणर्य लागू हुने व्यवस्था गरियोस्’ बुधबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने ।

कति पटक मुख्यमन्त्री, सांसद हुन पाउन त्यो पनि तय गर्नु पर्ने उल्लेख गर्दै उनले विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिने विषय पनि निर्वाचन ऐनमा समेटिनुपर्ने बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित