राष्ट्रिय योजना आयोगको कामै छैन, खारेज गरिदिए हुन्छ : उपेन्द्र यादव
राष्ट्रिय योजना आयोगको कामै छैन, खारेज गरिदिए हुन्छ : उपेन्द्र यादव
    • Bell Sanchar

    • १० जेष्ठ २०८०, बुधबार

काठमाडौं।

जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलका नेता उपेन्द्र यादवले राष्ट्रिय योजना आयोगको आवश्यकता नरहेको बताएका छन् ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा राष्ट्रिय योजना आयोगलाई पुनः संरचना गर्ने भनिएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले आयोग नै खारेज सुझाएका हुन्।

‘यो राष्ट्रिय योजना आयोगको कुनै कामै छैन। यसलाइ खारेज गरिदिए हुन्छ ।

यसलाई खारेज गरेर प्रधानमन्त्रीको आर्थिक सल्लाहाकार समिति निर्माण गरे हुन्छ’ अध्यक्ष यादवले भने, ‘काम न काजको संस्था खडा गरेर खर्च मात्रै बढ्ने काम भएको छ ।

यसको कुनै उपयोगिता छैन, काम छैन।’

साताकाे चर्चित
सम्बन्धित