काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नसके भ्रष्टाचार न्यूनीकरण हुने धारणा राखेका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गर्न सके भ्रष्टाचारमा कमी आउने धारणा राखेका हुन् ।
भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मात्रै बलियो बनाएर नहुने उनको भनाइ छ ।
‘हामीले अख्तियार बलियो बनाउँछु, दुई/तीनवटा काम गर्छु भनेर मात्र भ्रष्टाचार कम नहुने रहेछ ।
शिक्षा र स्वास्थ्य गुणस्तरीय र सर्वसुलभ बनाउनु पर्छ । संविधानको वाचा अनुसार गुणस्तरीय शिक्षा र स्वास्थ्य निःशुल्क प्राप्त गर्ने हो भने नेपालमा भ्रष्टाचारलाई कम गर्न सकिन्छ ?’