चन्द्र भण्डारीलाई भेटेपछि ओलीले भने , पूर्ण स्वास्थ्य लाभको कामना
चन्द्र भण्डारीलाई भेटेपछि ओलीले भने , पूर्ण स्वास्थ्य लाभको कामना
    • बेल संचार

    • १० जेष्ठ २०८०, बुधबार

काठमाडौं । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसद चन्द्र भण्डारीको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएर सभामुखको कार्यकक्षमा बसिरहेका भण्डारीलाई भेट्न पुगेका अध्यक्ष ओलीले उनको पूर्ण स्वास्थ्य लाभको कामना गरेका हुन् ।

ओलीसँगको भेटमा भण्डारीले भने ‘मेरो बारेमा तपाईंले भन्नुभएको सुनेँ, गुल्मीमा पनि बोल्नुभएको सुनेँ । गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गर्नुभयो ।

थ्याङ्क यू सो मच ।’ ‘मैले आमा बितेको दुई महिनापछि मात्रै थाहा पाएँ,’ भण्डारीले स्मरण गरे।

‘तपाईं फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो । निको भएर आएपछि भेट भयो । खुसी लागेको छ ।’ सांसद चन्द्र भण्डारीलाई भेट्न सभामुखको कार्यकक्षमा पुगेका ओलीले भने ।

भेटका क्रममा सांसद भण्डारीले नेपालमा जलन अस्पताल आवश्यक रहेको बताउँदै तत्कालै काम शुरु गर्न ध्यानाकर्षण गराएका थिए ।

सांसद भण्डारीलाई सभामुख देवराज घिमिरेले एक साताअघि उनकै निवासमै पुगेर भेट गरेका थिए ।

भेटका क्रममा सभामुखले भण्डारको इच्छाअनुसार नीति तथा कार्यक्रममा बोल्न विशेष व्यवस्था मिलाएका थिए ।

साताकाे चर्चित
सम्बन्धित