कोशी प्रदेशको बजेट अधिवेशन आह्वान भएपछि विराटनगर केन्द्रित आन्दोलन घोषणा
कोशी प्रदेशको बजेट अधिवेशन आह्वान भएपछि विराटनगर केन्द्रित आन्दोलन घोषणा
    • Bell Sanchar

    • ११ जेष्ठ २०८०, बिहीबार

विराटनगर ।

प्रदेश नामकरणको विरोधमा रहेका विभिन्न राजनीतिक दल र संघसंस्थाले कोशी प्रदेशको बजेट अधिवेशन आह्वान भएपछि विराटनगर केन्द्रित आन्दोलन घोषणा गरेका छन् ।

प्रदेशको नाम पहिचानका आधारमा पुन: नामाङ्कनको माग गर्दै आएको प्रदेश १ पुन: नामकरण संघर्ष समितिले विराटनगर केन्द्रित आन्दोलन घोषणा गरेको हो ।

विज्ञप्ति जारी गर्दै पहिचान पक्षधरहरुले १४ जेठबाट प्रदेशसभा सचिवालय क्षेत्रमा केन्द्रित रहेर आन्दोलन गर्ने जानकारी दिएको छ ।

फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् ।

प्रदेशको नाम राखेपछि स्थगित भएको प्रदेशसभाको पहिलो अधिवेशन चैत २९ गते अन्त्य भएको थियो । जेठ १४ गते दिउँसोबाट सरकारले बजेट अधिवेशन बोलाएको छ ।

साताकाे चर्चित
सम्बन्धित