विद्यार्थीको पठनपाठनमा सहज पार्न रसुवाका २ विद्यालयमा निःशुल्क शैक्षिक सामग्री वितरण
विद्यार्थीको पठनपाठनमा सहज पार्न रसुवाका २ विद्यालयमा निःशुल्क शैक्षिक सामग्री वितरण
    • Bell Sanchar

    • १२ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं ।

गरीब, जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहज पार्न रसुवाका २ विद्यालयमा निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ ।

शैक्षिक सामग्री प्राप्त गर्नेमा दक्षिणी भेगस्थित ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना मावि जिविजवेमा अध्ययनरत स–साना छात्रछात्रा रहेका छन् ।

ती दुवै विद्यालयका ११५ छात्रछात्रालाई कालिका गाउँपालिका–५ ले निःशुल्क शैक्षिक सामग्री वितरण गरेको हो ।

१ देखि ५ कक्षासम्मका छात्रछात्रालाई आफूले किताब, कमल, कापी, झोला लगायतका आवश्यक पर्ने सामग्री वडा कार्यालयको बजेटमार्फत आफूले व्यवस्थापन गरेको र आफ्नो कार्यावधिभर निरन्तरता दिने कालिका गाउँपालिका–५ का वडाध्यक्ष सन्दीप पौडेलले जानकारी दिए ।

आफ्नो वडामा सञ्चालित ज्याङलाङ प्रावि र नीलकण्ठ नमूना मावि जिवजिवेमा १ कक्षादेखि नै अंग्रेजी समेतको माध्यमद्वारा पठनपाठन शुरू गराइएको र सरकारी विद्यालयले पनि निजी बोर्डिङसरह पठनपाठन गराउँछ भन्ने जिवजिवे क्षेत्रका विद्यालयले प्रमाणित गर्नेमा आफू आशावादी भएको वडाध्यक्ष पौडेलले बताए ।

वडा कार्यालयले गरेको प्रयासबाट पठनपाठनको गुणस्तर बढ्न गई भावी दिनमा सबै विद्यार्थी सरकारी विद्यालयतर्फ नै केन्द्रित रहने विश्वास समेत उनले व्यक्त गरे ।

विद्यार्थीलाई आवश्यक पर्ने सबै प्रकारका पाठ्यसामग्री उपलब्ध गराई कलिला बालबालिकाको भविष्य उज्ज्वल पार्ने कार्यमा वडा कार्यालयले गरेको सहयोग जनहितकारी हुने स्थानीय अभिभावकले बताए ।

गुणस्तरीय शिक्षा आजको आवश्यक्ता भएकाले आफ्ना मातहतको वडा कार्यालयमार्फत वितरण गरिएको पाठ्यसामग्रीले शैक्षिक जागरण बढ्नेमा आफू आशावादी रहेको कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले जानकारी दिए ।

साताकाे चर्चित
सम्बन्धित