लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु
लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु
    • Bell Sanchar

    • १२ जेष्ठ २०८०, शुक्रबार

दाङ ।

लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन आज (शुक्रबार)देखि सुरु हुँदैछ ।

प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेअनुसार बजेट अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकको सुरुमा प्रदेश प्रमुखबाट प्राप्त भएको प्रदेश सभाको अधिवेशन आह्वान सम्वन्धी पत्र र मौजुदा मन्त्रिपरिषदमा नियुक्ति र कार्यविभाजन सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ ।

त्यसपछि दलहरुको तर्फबाट प्रदेशसभा सदस्यहरुले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयको सूचना अधिकारी सम्झना सुवेदीले जानकारी दिइन् ।

प्रदेश सभा सचिवालयका अनुसार बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेश गर्ने सम्भावित कार्यसूची छ ।

त्यस्तै मुख्यमन्त्री चौधरीले ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

साताकाे चर्चित
सम्बन्धित