बेइजिङमा माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिबीच भेटवार्ता
बेइजिङमा माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिबीच भेटवार्ता
    • Bell Sanchar

    • १२ जेष्ठ २०८०, शुक्रबार

काठमाडौं ।

नेकपा माअ‍ोवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) का विदेश विभाग प्रमुख लिउ च्यान छाओसँग भेटवार्ता गरेका छन्।

पूर्वसभामुख समेत रहेका सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल र सिपिसीका प्रतिनिधिबीच  बिहीबार बेइजिङमा भेटवार्ता भएको हो।

सापकोटा र लिउले एक्लाएक्लै छलफल गरेका थिए। वान अन वान भेटवार्ता सकिएपछि प्रतिनिधिसहितको भेटवार्ता भएको सापकोटाको सचिवालयले जनाएको छ।

भेटमा दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको बताइएको छ ।

भेटमा लिउले प्रचण्ड नेतृत्वको सरकारको विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

सापकोटाको नेतृत्वमा २० सदस्यीय माअ‍ोवादी केन्द्का प्रतिनिधिमण्डल जेठ ५ गते चीन प्रस्थान गरेका थिए।

उनीहरू १८ जेठमा स्वदेश फर्कने कार्यक्रम छ ।

साताकाे चर्चित
सम्बन्धित