रवि लामिछाने , जनताले भ्रष्टाचार निर्मूल पार्न घण्टी बजाएका हुन्, भ्रष्टहरूलाई नलखेटेसम्म विश्राम लिन्नौँ
रवि लामिछाने , जनताले भ्रष्टाचार निर्मूल पार्न घण्टी बजाएका हुन्, भ्रष्टहरूलाई नलखेटेसम्म विश्राम लिन्नौँ
    • Bell Sanchar

    • १३ जेष्ठ २०८०, शनिबार

काठमाडाैं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताएका छन् ।

शनिवार पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरूलाई नलखेटेसम्म आफूहरूले विश्राम नलिने बताएका हुन् । आफूमाथि जतिसुकै मुद्दा लगाइएर घेराबन्दी गरे पनि भ्रष्टाचार विरुद्धको अभियान नरोकिने उनले बताए ।

नेपाली जनताले पार्टीलाई भ्रष्टाचार नियन्त्रणका लागि मत दिएको जिकिर गर्दै उनले त्यो कामलाई पहिलो प्राथमिकता दिएर अघि बढाउने प्रतिवद्धता जनाए ।

‘कुनै पनि भ्रष्टहरूको विषयमा हामी निर्मम भएर अगाडि बढ्छौं । यति भन्दै गर्दा अझ कति धेरै घेराबन्दी होला ।

मलाई कत्रो सजाय भोग्नु पर्छ थाहा छैन । तर मतलब छैन । जनताले भ्रष्टाचार निर्मूल पार्नु भनेर घण्टी बजाएका हुन्,’ उनले भने, ‘त्यसकारणले जतिसुकै घेराबन्दी हुन् ।

जतिसुकै मुद्दा चलुन् । भ्रष्टहरूलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौं ।’

सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीको अनुसन्धानमाथि पनि आफूहरूलाई शंका लागेको बताउँदै संसदीय विशेष समिति बनाएर छानबिन गर्न माग गरे ।

साताकाे चर्चित
सम्बन्धित