बागमती प्रदेशसभाको बैठक बस्दैछ
बागमती प्रदेशसभाको बैठक बस्दैछ
    • Bell Sanchar

    • १४ जेष्ठ २०८०, आईतवार

 काठमाडौं ।   

बागमती प्रदेशसभाको बैठक बस्दैछ । बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारले आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक तय गरिएको हो ।

बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधनसहित प्रदेश सरकारले संसद्‍मा पेश गरेको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

प्रदेशसभामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसद्‍मा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई छलफलका लागि टेबुल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

टेबुल भएको नीति तथा कार्यक्रममाथि आगामी प्रदेशसभा बैठकमा छलफल हुनेछ ।

साताकाे चर्चित
सम्बन्धित