प्रदेश नामकरणपछि देखिएको समस्या संघीय सरकारले समाधान गर्नु पर्ने एमालेको निष्कर्ष
प्रदेश नामकरणपछि देखिएको समस्या संघीय सरकारले समाधान गर्नु पर्ने एमालेको निष्कर्ष
    • Bell Sanchar

    • १४ जेष्ठ २०८०, आईतवार

काठमाडौं ।   

नेकपा एमाले कोशी प्रदेश संसदीय दलले प्रदेश नामकरणको विषयमा देखिएको विवाद र समस्या समाधान संघीय सरकारले गर्नु पर्ने निष्कर्ष निकालेको छ ।

आज बसेको संसदीय दलको बैठकले शान्ति सुरक्षाको जिम्मा संघीय सरकारको भएको निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक रेवती रवण भण्डारीले बताए ।

आन्दोलन गरिरहेका पहिचानवादीले सरकारलाई वार्ताका लागि पत्रसमेत नपठाएकोले अहिले प्रदेश सरकारले वार्ता नगर्ने उनले बताए ।

कोशी प्रदेशको सत्तारूढ दल नेकपा एमाले संसदीय दलको बैठकले प्रदेश नामकरणको अन्य कुनै विकल्प नरहेको समेत बताएको छ ।

विराटनगरको देवकोटा चोकस्थित प्रदेश सभाभित्र एमाले बैठक चलिरहँदा बाहिर पहिचानवादीको प्रदर्शन चलिरहेको थियो ।

साताकाे चर्चित
सम्बन्धित