कर्णाली प्रदेश सभामा विषयगत समितिले नेतृत्व पाए
कर्णाली प्रदेश सभामा विषयगत समितिले नेतृत्व पाए
    • बेल संचार

    • १४ जेष्ठ २०८०, आईतवार

काठमाडौं ।

कर्णाली प्रदेश सभामा विषयगत समितिहरुले नेतृत्व पाएका छन्।

आइतबार यसअघि गठित समितिमा रहेका सदस्यहरुबाट नेतृत्व चयन गरिएको हो।

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालका यी समितिहरुले पहिलोपटक नेतृत्व पाएका हुन्।

राजनीतिक दलहरुको सिफारिसमा सभामुख नन्दा गुरुङले दलका सभापतिहरुलाई मनोनित गरेकी हुन्।

सबै समितिमा सर्वसम्मतिले नेतृत्व चयन गरिएको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ।

चारवटा विषयगत समितिहरुमा नेकपा एमाले, माओवादी केन्द्र, समाजवादी र नेपाली काँग्रेसले नेतृत्व पाएका छन्।

सार्वजनिक लेखा समितिमा एमालेका जीतबहादुर मल्ल, विधायन तथा प्रदेश मामिला समितिमा नेकपा (एकीकृत समाजवादी) का कल्याणी खड्का, सामाजिक विकास समितिमा नेपाली काँग्रेसका घनश्याम भण्डारी र अर्थ तथा प्राकृतिक स्रोत समितिमा नेकपा माओवादी केन्द्रका दुर्गबहादुर रावत सभापति चयन भएका छन्।

समितिका सभापतिहरूले आइतबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

कर्णाली प्रदेश सभामा ८ सदस्यीय प्रदेश मामिला समिति, ७ सदस्यीय अर्थ तथा प्राकृतिक स्रोत समिति, ८ सदस्यीय सामाजिक विकास समिति र ७सदस्यीय सार्वजनिक लेखा समिति रहेका छन्।

साताकाे चर्चित
सम्बन्धित