राजेन्द्र राई , नामकरणको निर्णयले राम्रो परिणाम दिएको छैन, सच्याऔं
राजेन्द्र राई , नामकरणको निर्णयले राम्रो परिणाम दिएको छैन, सच्याऔं
    • बेल संचार

    • १४ जेष्ठ २०८०, आईतवार

विराटनगर ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले आन्दोलनरत पक्षको माग सम्बोधनका लागि   प्रदेशको नाम संशोधन गर्न माग गरेका छन् ।

आइतबार प्रदेशसभा बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका नेता राईले नामकरणको निर्णयले परिणाम राम्रो नआएको बताए ।

‘यो नामलाई सच्याऔं,  परिणाम राम्रो दिइरहेको छैन’, उनले भने,‘  हिजो कोशीको पक्षमा मतदान गरेका सांसदले केही न केही अनुभूति गरेका छन् ।’

नागरिक प्रत्यक्ष सडकमा उत्रिएको बताउँदै नेता राईले उनीहरुको माग सम्बोधनका लागि पहिचानका आधारमा नामकरण गर्नुपर्ने माग गरे ।

नामको निर्णयका कारण प्रदेशसभा सदस्य आफ्नै क्षेत्रमा जान नसक्ने अवस्था आएको उनको भनाइ छ ।

जनमत प्रष्ट रुपमा पहिचानको पक्षमा देखिएको बताउँदै राईले पहिचानलाई स्वीकार गर्न प्रदेश सरकारलाई आग्रह गरे ।

राप्रपा सांसद अम्बरबहादुर विष्टले वार्ताद्वारा आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्नुपर्ने बताए । उनले सरकारलाई तत्काल वार्ता समिति गठन गर्न पनि आग्रह गरे ।

साताकाे चर्चित
सम्बन्धित