काठमाडौं।
चालु आर्थिक वर्ष २०७९/८० मा आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित हुने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतवार प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षण पेश गर्दै आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा सीमित हुने जानकारी गराएका हुन् ।
‘सन् २०२३ मा विश्व आर्थिक गतिविधिमा सुस्तता आई त्यसको प्रत्यक्ष प्रभाव नेपालको अर्थथन्त्रमा समेत परेको छ ।
अन्तर्राष्ट्रिय आर्थिक परिवेश र संरचनात्मक समस्या, थोक तथा खुद्रा व्यापार, निर्माण र उद्योग मुलक उत्पादनलगायत समग्र आर्थिक क्रिर्याकलापमा संकुचन भई चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि २ दशमलव १६ प्रतिशत हुने अनुमान छ’ मन्त्री महतले भने ।
पूँजीगत खर्च बढाउन नसक्दा लक्ष्यको तुलनामा आर्थिक वृद्धिदर निकै कम भएको हो । बजेट ल्याउनु पूर्व सरकारले संसदमा आर्थिक सर्वेक्षण ल्याउने गर्छ ।
आर्थिक वर्ष २०८०/८१ का लागि भोलि सरकारले संसदमा नयाँ बजेट ल्याउँदैछ ।
७ प्रतिशत आर्थिक बृद्धिको महत्वाकाक्षासहित कांग्रेस नेतृत्वको सरकारले गतवर्ष संसदमा बजेट पेश गरेको थियो ।