प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे राजनीतिक परामर्श
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे राजनीतिक परामर्श
    • बेल संचार

    • १४ जेष्ठ २०८०, आईतवार

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणबारे राजनीतिक परामर्श गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले आइतबार पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका नेता र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गरेका हुन्।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरू भएको बैठकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, झलनाख खनाल, बाबुराम भट्टराईलगायत सहभागी छन्।

बैठकमा विभिन्न दलका शीर्ष नेतासँग पूर्वपराराष्ट्र मन्त्रीहरूको पनि उपस्थिति छ।

प्रधानमन्त्री प्रचण्डले आजै पूर्वपराराष्ट्र सचिव, भारतका लागि पूर्वराजदूत र विज्ञहरूसँग पनि परामर्श गर्दैछन्।

शनिबार प्रधानमन्त्री प्रचण्डको चार दिने भारत भ्रमणको तालिका सार्वजनिक गरिएको थियो।

नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ देखि २० गतेसम्म औपचारिक भ्रमण गर्ने जानकारी दिएका हुन्।

साताकाे चर्चित
सम्बन्धित