भारत भ्रमणका विषयमा प्रधानमन्त्रीले लिए पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न दलका नेताहरुसँग सुझाव
भारत भ्रमणका विषयमा प्रधानमन्त्रीले लिए पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न दलका नेताहरुसँग सुझाव
    • बेल संचार

    • १४ जेष्ठ २०८०, आईतवार

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जेठदेखि हुने आफ्नो भारत भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न दलका नेताहरुसँग छलफल गरेका छन् ।

आइतबार सिंहदरबारमा गरेको छलफलमा उनले आफ्नो भ्रमणका क्रममा आर्थिक, व्यापारिक, ऊर्जा व्यापार र पारवहनलगायत द्विपक्षीय हितका विभिन्न विषयमा छलफल हुने जानकारी गराएका थिए ।

उनले त्यस क्रममा उनले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र दलका नेताहरुसँग सुझाव पनि लिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञहरुले राष्ट्रको हितमा के गर्नुपर्छ भन्ने विषयमा सकारात्मक सुझाव दिएका बताए ।

‘विज्ञहरुको सुझाव लिने क्रम चलिरहेको छ । म जरुरी काम परेर हिँडेको छु, धेरैको सुझाव सुनेँ, अरुको सुझाव परराष्ट्रमन्त्रीहरुले लिँदै हुनुहुन्छ’, छलफबाट बाहिरिने क्रममा उनले भने ।

पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काका अनुसार भारत भ्रमणप्रति प्रधानमन्त्री धेरै आशावादी देखिएका छन् ।

‘उहाँले धेरै विषयमा समझदारी हुने र केही सम्झौतामा हस्ताक्षर हुने पनि बताउनुभयो’ उनले भने ।

छलफलमा सहभागी नेताहरुले भने सीमाका विषयमा देखिएको विवाद समाधानका लागि प्रयास गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

त्यस्तै राष्ट्रिय हितलाई सर्वोपरी राखेर आत्मविश्वासका साथ भ्रमण पूरा गर्न सुझाव दिएको डा. खड्काले बताए ।

‘राट्रिय हितलाई सर्वोपरी ठानेर फुल आत्मविश्वासको साथ आफ्नो कुरा राख्नुपर्छ ।

संयुक्त वक्तव्य आएपछि विवाद आउने स्थिति आउन दिनुभएन’ उनले प्रधानमन्त्रीसँगको छलफलमा आफूले राखेको धारणाबारे भने ।

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालसँग भएको प्रमाणका आधारमा सीमा समस्याका बारेमा प्रष्ट धारणा राख्न सुझाव दिएको बताए ।

साताकाे चर्चित
सम्बन्धित