नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी कारागारबाट मन्त्री क्वाटर हुँदै माइतीघरमा
नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी कारागारबाट मन्त्री क्वाटर हुँदै माइतीघरमा
    • बेल संचार

    • १५ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

कैलालीको टिकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन काराबासको सजायँ भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी सरकारले सजाय माफ गरिदिएपछि डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।

उनका समर्थक बिहानैदेखि डिल्लीबजार कारागार बाहिर भेला भएका थिए । समर्थकहरुले उनलाई अविर र फूलमाला लगाइदिएर स्वागत गरे ।

कारागारबाट रिहा भएपछि उनी सिधै पुल्चोकस्थित मन्त्री क्वाटरमा पुगे । रेशमकी पत्नी एवम् भूमिसुधार मन्त्री रञ्जिता श्रेष्ठ मन्त्री क्वाटरमा बस्दै आएकाले रेशम कारागारबाट सिधै त्यहीँ पुगेका हुन् ।

मन्त्री क्वाटरमा पनि उनका समर्थकहरुको भिडभाड थियो । थारु भेषभूषामा सजिएका उनका समर्थकहरु रेशमको प्रतिक्षामा थिए । उनीहरुले पनि रेशमलाई बधाई दिँदै अविर र फूलमाला लगाइदिए ।

त्यहाँ पत्रकारहरुलाई प्रतिक्रिया दिँदै चौधरीले टिकापुरकाण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने भन्दै त्यसका लागि सघाउन तयार रहेको बताए ।

त्यसपछि उनी बा २४ प ८२७२ नम्बरको कार चढेर माइतीघर मण्डलामा आए । त्यहाँ पनि नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरुले उनलाई फूलमाला र खादाले स्वागत गरे ।

साताकाे चर्चित
सम्बन्धित