आईपीएल फाइनल : आज पनि अहमदाबादमा वर्षा हुने सम्भावना, खेल रद्द भए के हुन्छ ?
आईपीएल फाइनल : आज पनि अहमदाबादमा वर्षा हुने सम्भावना, खेल रद्द भए के हुन्छ ?
    • Bell Sanchar

    • १५ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

गएराति वर्षाका कारण प्रभावित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेल आज हुँदै छ ।

भारतको अहमदाबादमा वर्षा हुँदा आइतवार राति हुनुपर्ने खेल आज हुने भएको हो । फाइनलमा चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स भिड्दैछन् ।

सोमवार स्थानीय समयअनुसार साँझ साढे ७ बजेदेखि फाइनल खेल शुरू हुनेछ ।

भारतीय सञ्चार माध्यमका अनुसार आज पनि अहमदाबादमा भारी वर्षा हुने सम्भावना छ ।

आज पनि वर्षा भए के हुन्छ ?

स्थानीय समयानुसार राति ९:३५ सम्म खेल शुरू भए पुरै २० ओभर खेलाइने छ । ९:३५ पछि खेल शुरू हुँदा ओभर घटाएर खेलाइने छ ।

जस्तै ९:४५ मा खेल शुरू हुँदा १९ ओभर, १० बजे १७ ओभर, साढे १० बजे हुँदा १५ ओभरको खेल खेलाइने छ ।

राति १२:०६ सम्म ‘कटअफ टाइम’ रहनेछ । त्यति बेलासम्म पनि खेल शुरू हुन नसके म्याच रद्द हुनेछ ।

फाइनल रद्द भए के हुन्छ ?
आईसीसी टुर्नामेन्टमा खेल रद्द हुँदा ट्रफी बाँडिन्छ । तर, आईपीएलमा अहिलेसम्म यस्तो कुनै जानकारी नआएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्लेअफमा खेल रद्द हुँदा अंक तालिका अनुसार अगाडि रहेकालाई विजेता मानिन्थ्यो । तर, फाइनलमा यसबारे केही भनिएको छैन ।

तर, आईपीएल फाइनल रद्द हुँदा पनि ट्रफी बाँडिने सम्भावना रहेको समाचारमा उल्लेख छ ।

साताकाे चर्चित
सम्बन्धित