काठमाडौं ।
बजेटसँगै संसदमा प्रस्तुत हुने वार्षिक विकास कार्यक्रम र तीन वर्षे मध्यमकालीन खर्च संरचना राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गरेको छ ।
आयोगका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ, आयोगका पदेन सदस्य अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्य सचिवसहित सोमबार बसेको बैठकले दुवै दस्तावेज पारित गरेको हो ।आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट समेत आयोगबाट स्वीकृत भएको छ । बजेट सोमबार नै संसदमा प्रस्तुत हुनेछ ।