काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षदेखि देशैभर जग्गाको कित्ताकाट खुला गर्ने भएको छ ।
यसअघि सरकारले ४ आनासम्मको कित्ताकाट खुला गराउने निर्णय गरेको भए पनि प्राविधिक जटिलता देखाउँदै सार्वजनिक गरेको थिएन ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा जग्गा कित्ताकाट खुल्ने बताए ।
उनले मालपोत र जग्गा प्रशासनसम्बन्धी कामलाई सूचना प्रणालीमा आबद्ध गरिने र विद्युतीय माध्यमबाटै जग्गाको ब्लुप्रिन्ट लिन सकिने व्यवस्था गरिने पनि बताए ।