रासायनिक मलमा दोब्बर बजेट
रासायनिक मलमा दोब्बर बजेट
    • बेल संचार

    • १५ जेष्ठ २०८०, सोमबार

काठमाडौं ।

सरकारले रासायनिक मलका लागि बजेट दोब्बरले वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमार्फत आगामी आवका लागि ३० अर्ब रुपैयाँ रासायनिक मल खरिदका लागि विनियोजन गरेको हो ।

चालु आर्थिक वर्ष २०७९/८० का लागि १५ अर्ब रुपैयाँ रासायनिक मलका लागि विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७८/७९ का लागि १२ अर्ब बजेट विनियोजन भएको थियो भने आव २०७७/७८ मा ११ अर्ब रुपैयाँ रासायनिक मल खरिद लागि बजेट छुट्याएको थियो ।

रासायनिक मललाई चार वर्षको बजेट

  • आव २०७७/७८–११ अर्ब
  • आव २०७८/७९– १२ अर्ब
  • आव २०७९/८०– १५ अर्ब
  • आव २०८०/८१– ३० अर्ब

साताकाे चर्चित
सम्बन्धित