भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
भारतको जम्मुमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु
    • Bell Sanchar

    • १६ जेष्ठ २०८०, मंगलवार

काठमाडौं ।

भारतको जम्मुमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

अमृतसरबाट कटरा जाँदै गरेको बस झज्जर कोटली भन्ने स्थानमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको समाचार एजेन्सी एनएनआईले जनाएको छ ।

सो बसमा बिहारका बासिन्दा चढेका थिए ।

घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको उपचार सरकारी अस्पतालहरुमा उपचार भइरहेको छ ।

साताकाे चर्चित
सम्बन्धित