पाकिस्तानमा फेरि बढ्यो महंगी, पीठोको मूल्य ४ हजार रुपैयाँ
पाकिस्तानमा फेरि बढ्यो महंगी, पीठोको मूल्य ४ हजार रुपैयाँ
    • Bell Sanchar

    • १६ जेष्ठ २०८०, मंगलवार

पाकिस्तानमा महंगी चरममा पुगेको छ ।अहिले २० किलो पीठोको बोराका लागि पाकिस्तानी ४ हजार रूपैयाँ तिर्नुपरिरहेको छ ।

एक किलो चिनीलाई २०० रूपैयाँ तिर्नुपर्ने भएको छ ।

रमजानको समयदेखि नै पीठोको समस्या रहिआएको छ । अहिले पनि पाकिस्तानका धेरै ठाउँमा पीठोको कमी छ ।

एआरवाई न्युजको खबरअनुसार, मे महिनामा त्यहाँको मिल्स एसोसिएशनले सबै मिल बन्द गर्ने घोषणा गरेको थियो ।

उनीहरू हडतालमा गएपछि प्रान्तीय खाद्यमन्त्रीले पाँच लाख बोरा गहुँ दिलाउने आश्वासन दिएका थिए । त्यसपछि हडताल फिर्ता लिइएको थियो ।

पाकिस्तानको कुल गार्हस्थ्य उत्पादनमा जम्मा ०.२९ प्रतिशतको वृद्धि भएको छ । औद्योगिक विकासको लक्ष्य २.९४ प्रतिशत मात्र छ ।

अहिले चलिरहेको आर्थिक वर्षमा महंगी दर ३६.४ प्रतिशत पुगेको छ ।

साताकाे चर्चित
सम्बन्धित