नेकपा माओवादी संसदीय दलको बैठक बस्दै
नेकपा माओवादी संसदीय दलको बैठक बस्दै
    • बेल संचार

    • १६ जेष्ठ २०८०, मंगलवार

काठमाडौं । 

प्रधानमन्त्रीको भारत भ्रमण र बजेटको विषयमा छलफल गर्न सत्तारूढ नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्दैछ ।

बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

‘भोलिदेखि प्रधानमन्त्री एवं हाम्रो पार्टी अध्यक्ष प्रचण्ड भारतको भ्रमणको जाँदै हुनुहुन्छ ।

मुख्यगरी भ्रमणकै विषयमा छलफल गर्न हामीले संसदीय दलको बैठक बोलाएका हौं’ पौडेलले भने, ‘बैठकमा हिजो आएको बजेटका विषयमा पनि छलफल हुनेछ ।’

तेस्रोपटक प्रधानमन्त्री भएपछि प्रचण्डले जेठ १७ देखि २० सम्म भारतको भ्रमण गर्न लागेका हुन् ।

साताकाे चर्चित
सम्बन्धित