अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कार्यान्वयनमा शङ्का नगर्न सरोकारवालासँग आग्रह
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कार्यान्वयनमा शङ्का नगर्न सरोकारवालासँग आग्रह
    • बेल संचार

    • १६ जेष्ठ २०८०, मंगलवार

काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कार्यान्वयनमा शङ्का नगर्न सरोकारवालासँग आग्रह गरेका छन् ।

बजेटमा लक्ष्य पूरा गर्न सकिने गरि तोकिएको दावी गर्दै उनले यसलाई कामले प्रमाणित गरिने बताए ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित पोस्ट बजेट पत्रकार सम्मेलनमा बोल्दै उनले यसपटक बजेट कार्यान्वयनका समस्या पहिचान गरी बजेट निर्माण गरिएको बताए ।

बजेट प्रणालीमा सुधार, कार्यान्वयन सुधारमा बुँदागत रुपमै प्रयास गरिएको उनले बताए ।

१७ खर्बको बजेटमा पूँजीगत प्रकृतिको बजेट ४ खर्ब ७१ अर्ब हाराहारी रहेको भन्दै पूँजीगत खर्च नघटाइयको उनले बताए ।

साताकाे चर्चित
सम्बन्धित